आजबाट सार्वजनिक यातायातको भाडा दर पुरानै कायम गर्न विभागको निर्देशन


काठमाडौं । आजबाट सार्वजनिक यातायातको भाडा दर पुरानै कायम गर्न निर्देशन दिएको छ । यातायात व्यवस्था विभागले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कार्तिक १ गतेबाट पूरानै भाडा दर कायम गर्न सार्वजनिक यातायात सेवालाई निर्देशन दिएको हो ।

विभागले मन्त्रिपरिषदको निर्णय बमोजिम मध्यम तथा लामो दूरीमा सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारीहरुमा विभागबाट जारी भएको साविककै भाडा दर कायम गर्न भनेको छ ।

यसै विज्ञप्तिमार्फत विभागले यसअघि गरिएको सिट क्षमताको ५० प्रतिशत यात्रु राख्नुपर्ने र साविकको भाडा दरमा थप ५० प्रतिशत भाडा लिन पाउने व्यवस्था समेत खारेज भएको जनाएको छ । योसँगै सार्वजनिक यातायातका साधनहरुले अब पुरा सिट प्यासेन्जर बोक्न पाउने भएका छन् ।

कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका सार्वजनिक यातायात असोज १ गते सञ्चालन गर्ने सरकारले निर्णय गरेको थियो । सरकारले यातायात सञ्चालन गर्दा सिट क्षमताको ५० प्रतिशत मात्र यात्रु बोक्न र साविकको भाडादरमा थप ५० प्रतिशत भाडा लिन भनेको थियो ।

विज्ञप्ति

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार