२४ घण्टामा थप ३ हजार १६७ जनामा कोरोना पुष्टि, १ हजार ८०० डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर १५ हजार ४ सय ३८ जनामा गरिएको कोरोना परीक्षणमा थप ३ हजार १ सय ६७ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २९ हजार ३ सय ४ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ८ सय  कोरोना निको भई घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार