पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १४ जनाको मृत्यु


काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा दिइएको पछिल्लो २४ घण्टाको अपडेटअनुसार देशका विभिन्न ठाउँमा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको हो । योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८७६ पुगेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा नेपालमा थप ५७० जनामा कोरोना पुष्टि भएको छ भने देशभरबाट ३ हजार १६८ जना कोरोना निको भएर अस्पतालबाट डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार