नेकपा केन्द्रीय कमिटी बैठक स्थगित, १ महिना पछि सर्‍यो


काठमाडौं । सत्तारुढ नेकपाको कात्तिक १५ देखि १७ गतेसम्म बस्ने भनिएको केन्द्रिय कमिटीको बैठक सरेको छ । कोरोना संक्रमण बढेको भन्दै बैठक एक महिनापछि सारिएको नेकपाले जनाएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै पूर्व निर्धारित केन्द्रीय कमिटी बैठक एक महिनापछि सारिएको जानकारी गाराइएको हो ।

नेकपा कार्यालय सचिव श्रीराम ढकाल र ईश्वरी रिजालद्धारा जारी विज्ञप्तिमा “नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को २०७७ कार्तिक १५ देखि १७ गते आयोजना गरिएको केन्द्रीय कमिटीको तेस्रो बैठक कोभिड–१९ महामारीको बढ्दो प्रकोपका कारण हाललाई स्थगित गरिएको छ । स्थगित बैठक यही २०७७ मङ्सिर १५ देखि १७ गते आयोजना गरिने छ”, भनिएको छ ।

गत भदौ २६ गते सम्पन्न स्थायी कमिटी बैठकले आगामी चैत २५ बाट सुरु हुने महाधिवेशनको तयारीका लागि कार्तिक १५ मा केन्द्रीय कमिटी बैठक बस्ने निर्णय गरी मिति निर्धारण गरेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार