काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ९ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८ हजार २ सय ४८ जनामा गरिएको परीक्षणमा थप १ हजार ९ सय ५४ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६२ हजार ३ सय ५४ पुगेको छ । त्यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय ८ ७ पुगेको छ ।