सरकारद्धारा मधेशवादी दलसँग सम्बन्धीत १२० जनाको मुद्दा फिर्ता


काठमाडौं । सरकारले मधेशवादी दलसँग सम्बन्धीत नेपाल सरकार बादी रहेका १५ वटा मुद्दामा एक सय २० जनाको मुद्दा फिर्ता लिएको छ । बुधबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै नेपाल सरकार वादी रहेका १५ मुद्दामा १२० जनाको मुद्दा फिर्ता लिएको सुचना तथा सञ्चार मन्त्री पार्वत गुरुङले जानकारी दिएका छन् ।

नेपाल सरकार वादी भई चलाएको फौजदारी मुद्दाहरु फिर्ता लिनेसम्बन्धी निर्देशिका २०७७ बमोजिम यो निर्णय भएको बताइएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार