काठमाडौं उपत्यकासहित १६ जिल्लामा आजबाट निषेधाज्ञा


काठमाडौं । काठमाडौं उपत्यकासहित देशभरका १६ जिल्लामा आजबाट निशेषज्ञा जारी गरिएको छ । कोरोना भाइरस बढ्दो संक्रमणको ‘चेन ब्रेक’ गर्न सरकारको निर्देशनमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेका हुन् ।

विहीबार विहानबाट १६ जिल्लामा निषेधाज्ञा लागू भएको छ । निषेधाज्ञा जारी हुने जिल्लाहरुमा काठमाडौँ, भक्तपुर, ललितपुर, मोरङ, पर्सा, कास्की, दाङ, बाँके, रुपन्देही, बर्दिया, कैलाली, कञ्चनपुर, बागलुङ, कालीकोटका, सुर्खेत, चितवन र पाल्पा रहेका छन् ।

गृह मन्त्रालय प्रवक्ता जनकराज दाहालका १२ जिल्लामा पूर्ण तथा ४ जिल्लामा आंशिक निषेधाज्ञा जारी गरिएको छ । जसअनुसार  काठमाडौं, भक्तपुर, ललितपुर, बाँके, दाङ, कैलाली, रूपन्देही, पर्सा, मोरङ, कास्की, सुर्खेत र चितवन पूर्ण निषेधाज्ञा आदेश जारी गरिएको    छ ।

यसैगरी पाल्पा, बर्दिया, बाग्लुङ र कालिकोटमा संक्रमण अवस्था हेरेर स्थान तोकेरै आंशिक निषेधाज्ञा जारी गरिएको छ ।

गत सोमबार बसको मन्त्रिपरिषद् बैठकले सीसीएमसीको सिफारिस स्वीकृत गर्दै निषेधाज्ञा निर्णय गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिएको छ । पहाडी क्षेत्रमा २०० र सहरी क्षेत्रमा ५०० सक्रिय संक्रमितको संख्या नाघेमा निषेधाज्ञा जारी गर्ने नियम बनाइएको छ ।
त्यस्तै काठमाडौं उपत्यकामा निषेधाज्ञापछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । प्रशासनले अत्यावश्यकबाहेकका त्यस्ता सवारीसाधन सञ्चालनमा रोक लगाएपनि कतिपयले निषेधाज्ञा उलंघन गर्न सक्ने भएकाले चेकजाँचलाई कडा पारेको छ ।प्रहरीले राजधानीका चोकचोकमा कडा चेकजाँच गरिरहेको छ भने पास बिना सञ्चालित यातायातका साधनलाई होल्ड गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार