सरकारको अपिल : कोरोना थेग्नै नसक्ने गरी फैलियो, जनस्वास्थ्यका मापदण्ड पालना गर्नुहोस्


काठमाडौं । सरकारले पछिल्लो समय कोरोना संक्रमण तिब्र रुपमा फैलिरहेको भन्दै सर्वसाधरणलाई अपिल जारी गरेको छ । कोरोना थेग्नै नसक्ने गरी फैलिएको भन्दै जनस्वास्थ्यका मापदण्ड पालन गर्न सर्वसाधरणलाई अपिल गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य प्रणालीले थेग्ने नसक्ने गरी कोरोना संक्रमण बढेकाले अस्पतालमा शय्या (बेड) समेत उपलब्ध गराउन नसक्ने अवस्था आएको भएको बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक अपील जारी गर्दै २२ जिल्लामा कोरोना संक्रमण डरलाग्दो गरी फैलिरहेको बताएको छ ।

मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरमा कोरोना संक्रमणका हिसाबले अति प्रभावित जिल्ला हुन् ।

मन्त्रालयले जनस्वास्थ्यका मापदण्डहरु पालना गर्न र संवेदनशील बन्न सबैलाई अपील गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार