चीनले पठाएका भेन्टिलेटर र अक्सिजन सिलिन्डर सरकारले कहाँ बाँड्यो ?


काठमाडौं । चीनले नेपालमा कोरोना बिरामीका लागि भेन्टिलेटर र अक्सिजन सिलिन्डर पठाएको छ । चीनबाट मंगलबार नेपाल वायु सेवाको वाइडवडी विमानले भेन्टिलेटर र अक्सिजन सिलिन्डर काठमाडौं झारेको हो ।

चिनियाँ दूतावासका अनुसार चीनले सहयोगमा पठाएका स्वास्थ्य सामाग्रीमा १० वटा भेन्टिलेटर मेसिन, ४०० थान अक्सिजन सिलिन्डर र अन्य स्वास्थ्य सामाग्री रहेका छन् ।

चिनियाँ कम्पनी होङ्सी सिमेन्टका तर्फबाट नेपाललाई यी सामग्रीहरु अनुदान दिइएको दूतावासले जनाएको छ ।
चीनले सहयोग गरेका स्वास्थ्य सामाग्रीहरु अत्याआश्वक ठाँउमा बाँडिने स्वास्थ्य मन्त्रालयले बताएको छ ।

नेपालमा कोरोना महामारी उच्च बिन्दुमा रहेको भन्दै चीनले नेपाललाई आपतकालीन स्वास्थ्य सामाग्री र चिकित्सा सहयोग पु¥याउने निर्णय गरेको समेत दूतावासले जनाएको छ ।

कोरोना महामारीमा चीनले विश्वका विभिन्न देशहरुलाई स्वास्थ्य लगायत चिकित्सा सहयोग गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार