संक्रमणको उच्च जोखिम बढेको भन्दै काठमाडौंमा सभा, जुलुस नगर्न आग्रह

काठमाडौं । कोरोना संक्रमणको उच्च जोखिम बढेको भन्दै काठमाडौंमा सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठी, र्‍याली नगर्न आग्रह गरिएको छ ।
मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले पछिल्लो समय भीडभाडजन्य क्रियाकलाप बढेको र त्यसले संक्रमणको जोखिम उच्च भएकाले त्यस्ता गतिविधि नगर्न आग्रह गरेको हो।

प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले एक सूचना जारी गर्दै भिडभाडयुक्त गतिविधिले कोरोना संक्रमण दर अझ उच्च हुन गई तेस्रो लहर आउन सक्ने सम्भावना देखिएकाले स्वास्थ्य मापदण्ड विपरीत यस्ता गतिविधि नगर्न आग्ह गरेका छन् ।

जारी निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लंघन गरी गतिविधि गरेको पाइएमा प्रचलित कानून बमोजिम कडा कारबाही हुने समेत सूचना उल्लेख गरिएको छ ।

प्रशासनबाट जारि सूचना

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार