कुलमान घिसिङलाई विद्युत प्राधिकरणमा नियुक्त गर्न प्रधानमन्त्री देउवाको ठाडो निर्देशन


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्त गर्न ठाडो निर्देशन दिएका छन् ।
प्रधानमन्त्री देउवाले मंगलबार ऊर्जामन्त्री पम्फा भुसाललाई यस्तो निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

सचिवालयकाअनुसार आवश्यक प्रक्रिया पुरा गरेर कुलमानलाई प्राधिकारणको कार्यकारी निर्देशकमा नियुक्त गर्न मन्त्री भुसाललाई निर्देशन दिएको हो ।

मन्त्री भुसालले आजै प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बालुवाटारमा प्रधानमन्त्री देउवाको उपस्थितीमा राजीनामा दिएर सहयोग गर्न आग्रह गरेकी थिइन् । त्यसबखत शाक्यले केहि जवाफ नदिएको बताइएको छ । तर, कुलमानलाई नियुक्त गर्ने तयारी सुरु भइसकेको बताइन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार