जयसिंह धामीको घटनमा नारायणकाजी श्रेष्ठको आक्रोस– ‘भारतको हेपाहा व्यवहार सैह्य छैन, क्षमायाचना गर्नुपर्छ’

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भारतको हेपाहा व्यवहार र उत्पीडन सैह्य नहुने चेतावनी दिएका छन् । बुधबार राष्ट्रियसभा बैठकमा बोल्दै नेता श्रेष्ठले दार्चुलाका जयसिंह धामी महाकाली नदी तर्दै गर्दा भारतीय एसएसबीले तुइनको तार काटिदिँदा धामी नदीमा खसेर बेपत्ता भएको भन्दै भारतलाई नहेप्न चेतावनी दिएका हुन् ।

‘भारतीय सीमा सुरक्षा बलका व्यक्तिहरुकै कारणबाट, तुइनको तार काटिदिएकै कारणबाट धामी महाकाली नदीमा बेपत्ता भएका हुन्, क्रुर, अमानवीय यस्तो कार्यको घोर भर्त्सना गर्दछु र दोषीमाथि कडा कारवाही गर्न माग गर्दछु’, नेता श्रेष्ठले भने ।

तुइन काटेर अमानविय कार्य गरेको भन्दै आक्रोस पोखेका उनले उक्त घटनामा भारतले सार्वजनिक क्षमायाचना गर्नुपर्ने समेत बताए ।
‘यो अमानीय, उत्पीडनकारी र क्रुर कार्यको भर्त्सना गर्नुपर्छ । यस घटनामा भारतले सार्वजनिक क्षमायाचना गर्नुपर्छ’, नेता श्रेष्ठले भने ।

सरकारले छानविन समितिको प्रतिवेदन छिटो ल्याएर भारतसँग छिटोभन्दा छिटो यसबारे कुटनीतिक स्तरमा कुरा राख्ने काम सरकारले गर्नुपर्नेमा जोड समेत दिएका छन् । अहिले राजनीतिक दलहरु विभाजितजस्तो देखिए पनि राष्ट्रियताको पक्षमा एकैठाउँमा उभिने समेत उनले बताए ।

राष्ट्रिसभा बैठकमा बोल्ने प्राय सबै सांसदहरुले दार्चुला तुइन घटनाको विरोध गर्दै दोषी एसएसबीलाई कारवाहीको माग गर्दै पीडित परिवारलाई राहात दिनुपर्नेमा जोड दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार