तालिबानले नै भन्यो, ‘सरकारमा महिला पनि सहभागि हुनुपर्छ’


काठमाडौं । अफगानिस्तानको बिद्रोही समुह तालिबानले सत्ता कब्जा गरेपछि नयां सरकार निर्माणको तयारी भइरहेको छ ।
नयां सरकार निर्माणबारे तालिबानमाथि महिलालाई लिएर विभिन्न सवालहरु उठिरहेका बेला उसले नयां बन्ने सरकारमा महिला सहभागिता रहने बताएको छ ।

‘इस्लामिक इमिरेट्सले महिला पीडित होउन् भन्ने चाहँदैन’, तालिबानको संस्कृतिक समितिका सदस्य इनामुल्लाह समानगानीले भनेका छन् ।

समानगानीले संचारकर्मीलाई दिएको प्रतिकृयाअनुसार अहिलेसम्म सरकारको संरचना पूर्णरुपमा स्पष्ट हुन नसकेको तर सरकार पूर्णरुपमा इस्लामिक नेतृत्वको हुनेछ । उनका अनुसार गठन हुने इस्लामिक सरकारमा सबै पक्षको समावेशिता हुनेछ ।

यसैबीच, बिद्रोही तालिबानले सबै सरकारी अधिकारीलाई आममाफी दिने घोषणा समेत गरेको छ । तालिबानको सैन्य समितिका प्रमुख मुल्लाह याकूबले बताउअनुसार कसैलाई पनि नागरिकको घरमा छिर्ने अनुमति दिइएको छैन्। यस्तै आजदेखि काबुलका मेयर र कार्यकारी सार्वजनिक स्वास्थ्यमन्त्री आफ्नो काममा फर्किएको संचारमाध्यमहरुले जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार