सत्ता गठबन्धनका नेताहरुको बैठक बस्दै, कहिले हुन्छ मन्त्रिमण्डल बिस्तार ?


काठमाडौं । सत्ता गठबन्धनको बैठक बस्दैछ् । आज बिहान १० बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा सत्तापक्ष दलहरुको बैठक बस्न लागेको हो । बैठकमा सत्तापक्षको आगामी रणनीति र मन्त्रिमण्डल बिस्तार गर्ने बिषयमा छलफल हुने बालुवाटार स्रोतले बताएको छ ।

गत शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आ(आफ्नो पार्टीमा छलफल गरेर छिटो मन्त्रीहरुको नामावली दिन शीर्ष नेताहरुलाई आग्रह गरेका थिए । देउवा नेतृत्वको वर्तमान सरकार गठन भएको दुई महिना पुग्नै लाग्दा पनि सरकारले पूर्णता पाउन सकेको छैन । देउवा नेतृत्वको सरकारमा हाल चार मन्त्री र एक राज्यमन्त्री मात्रै छन् ।
सरकारले पुर्णता नपाएको भन्दै आलोचना समेत भइरहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार