एमालेले संसदमा बबण्डर मच्चाएपछि सभामुखले बोलाए आज सर्वदलीय बैठक


काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आज सर्वदलीय बैठक बोलाएका छन्। आज दिउँसो साढे २ बजे संसद भवनको ल्होत्से हलमा सर्वदलीय बैठक बस्दैछ ।

प्रमुख प्रतिपक्ष नेकपा एमालेले प्रतिनिधिसभाको बैठकमा निरन्तर अवरोध गर्दै आएपछि राजनीतिक सहमतिका लागि सभामुख सापकोटाले सर्वदलीय बैठक डाकेका उनको सचिवालयले जनाएको छ ।

सर्वदलीय बैठकमा संसदमा एमालेको गतिरोध लगायतका अन्य महत्वपूर्ण समसामयिक विषयमा छलफल हुने छ ।

छलफलमा प्रधानमन्त्री एवं काँग्रेस संसदीय दलका नेता शेर बहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली, माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका संसदीय दलका नेता माधव कुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता महन्थ ठाकुर, जनमोर्चाकी दुर्गा पौडेल, नेमकिपाका प्रेम सुवाल र राप्रपाका राजेन्द्र लिङदेनलाई सर्वदलीय बैडकमा आमन्त्रण गरिएको छ ।

यो भिडियो पनि हेर्नुहोस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार