माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै, सरकारका बिषयमा छलफल हुने


काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ। आज दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा
सरकार विस्तार, संसदको अवरोध र आन्तरीक पार्टीका बिषयमा छलफल हुने बताइएको छ ।

पार्टी सचिवालयकाअनुसार बैठकको मुख्य एजेण्डा निर्वाचन नियमावली र निर्देशिका पारित गर्ने रहेको छ । माओवादी केन्द्रले आगामी पुसमा राष्ट्रिय सम्मेलन गर्ने भएकाले त्यसकै तयारीस्वरुप निर्वाचन नियमावली र निर्देशिकालाई अन्तिम रुप दिन लागेको हो ।

माओवादीसहितको सत्ता गठबन्धनको सरकार लामो समयसम्म विस्तार हुन नस्कदा जनतामा गलत सन्देश गइरहेकाले त्यसबारे गम्भिर छलफल समेत हुने एक स्थायी समिति सदस्यले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार