एमालेको विरोधकाबीच विनियोजन विधेयक बहुमतले स्वीकृत


काठमाडौं । प्रतिपक्षी नेकपा एमालेको विरोधका बीच विनियोजन विधेयक २०७८ बहुमतले स्वीकृत भएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा पेश गरेको विनियोजन विधेयक २०७८ आज बहुमतले स्वीकृत भएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले विधेयक बहुमतले सव्कृत भएको घोषणा गरेका हुन् । एमाले सांसदहरुको नाराबाजीका बीच अर्थमन्त्री शर्मालाई सो विधेयकमाथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्न सभामुखले शर्माले समय दिएका थिए ।

प्रस्तुत विधेयकमाथि सैद्धान्तिक छलफलका लागि नाम टिपाउन गरिएको आग्रहमा सांसद प्रेम सुवालले मात्र सहभागीता जनाएका थिए । उनले विधेयका बिषयमा खासै नबताई अमेरिकी सहयोग परियोजना एमसीसी परियोजना पास गर्न नहुनेमा जोड दिएका थिए।

सभामुख शर्माले संसदको अर्को बैठक असोज ४ गते बिहान ११ बस्ने पनि जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार