सुनको मुल्य ह्वात्तै घट्यो, कति छ आजको बजार मुल्य ?


काठमाडौं । नेपाली बजारमा सुनको मुल्य ह्वात्तै घटेको छ । आज सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो तोलाको ९० हजार ५ सय रुपैयाँमा खरिदबिक्री भएको छापावाल सुनको मुल्य आज घटेर ८९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार आज तेजावी सुनको कारोबार मूल्य ८८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन हिजो ९० हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदी तोलामा ३० रुपैयाँले घटेको छ । हिजो १२ सय रुपैयाँ तोलामा कारोबार भएको चाँदीको भाउ आज ११ सय ७० रुपैयाँमा कारेबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार