परराष्ट्रमन्त्रीमा नियुक्त खड्काको आज दिउँसो शपथ, आजै विदेश उड्दै

काठमाडौं । परराष्ट्रमन्त्रीमा नियुक्त भएका नारायण खड्काको आज दिउँसो शपथ हुने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयका अनुसार खड्काको शपथ आज दिउँसो एक बजे शीतल निवासमा तय गरिएको छ।

खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेको जानकारी राष्ट्रपति कार्यालयलाई गराइसकेको छ । शपथ लिएर पदभार ग्रहण गरेपछि खड्का आजै राति ८ः३० बजे संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क जाने कार्यक्रम रहेको समेत सचिवालयले जनाएको छ ।
सत्ता गठबन्धनका नेताहरुको हिजो बसेको बैठकले डा. खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गर्ने सहमति भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार