प्रतिपक्षी दल एमालेको विरोधका बीच संशोधित बजेट दुबै सदनबाट पारित


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बीच वर्तमान सरकारले ल्याएको संशोधित बजेट संसद्का दुवै सदनबाट पारित भएको छ । संशोधित बजेट अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले संसदका दुबै सदनबाट पारित गरेका हुन् ।

पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबरको बजेट संशोधन गर्दै अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले बजेट प्रतिस्थापन विधेयक अघि सारेका थिए ।

सो विधेयकलाई आज बसेको राष्ट्रियसभा बैठकले पारित गरेपछि र प्रतिनिधिसभा बैठकमा त्यहाँबाट प्राप्त पत्र प्रस्तुत गरिएको हो ।

उक्त नयाँ बजेटलाई अब राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नेछिन् । त्यसपछि बजेट कार्यान्वयनमा लगिनेछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार