दल विभाजन अध्यादेश राष्ट्रपतिद्धारा खारेज, सरकार विस्तारमा सहज

काठमाडौं । दल विभाजन सम्बन्धी अध्यादेश खारेज भएको छ । राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न सरकारले ल्याएको अध्यादेश मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज खारेज गरेकी हुन् ।

आज दिउँसो बसेको मन्त्रिपरिषद बैठकले अध्यादेश खारेजीका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । अध्यादेश खारेजीका लागि हिजो सत्ता गठबन्धनको बैठक बसेको थियो । सोहि बैठकको निर्णयअनुसार सरकरले राष्ट्रिपतिलाई सिफारीस गरेको हो ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले गत भदौ २ गते दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको थियो । अध्यादेश आएपछि नेकपा एमाले र जसपा फुटेका थिए ।अध्यादेशमा संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत सदस्य संख्या पुर्‍याएर राजनीतिक दल विभाजन गर्न सकिने ब्यवस्था गरिएको थियो ।

अध्यादेश खारेज भएपछि सरकार विस्तारमा भने सहज हुने भएको छ । सत्ता गठबन्धन दलहरुमा मन्त्री छान्दा असन्तुष्ट पक्षले सजिलै पार्टी फुटाउने डर थियो । जसपाले त अध्यादेश खारेज नगरी सरकार विस्तार हुन नसक्ने बताउँदै आएका थिए ।

राष्ट्रपतिद्धारा जारी पत्र

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार