खेलको समयमात्रै खेलाडी खोज्ने प्रवृतीले खेलकुदको विकास हुन सक्दैन्– मन्त्री गहतराज


काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले नेपालको खेलकुद विकासका लागि स्थानिय र केन्द्र सरकार संगसंगै हातेमालो गरेर अघि बढ्नुपर्ने बताएका छन् । बिहीबार भक्तपुरमा नगरकोट खुला फुटवल प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै मन्त्री गहतराजले स्थानिय खेलाडीको हौसला र क्षमताबृद्धीका लागि पनि स्थानिय र केन्द्र सरकारले खेलकुद विकासका कार्यक्रमहरुमा हातमालो गर्नुपर्ने बताए ।
उनले खेलको समयमा मात्रै खेलाडी खोज्ने र अघिपछि वेवास्ता गर्ने गरेका कारण पनि खेलकुदको विकास हुन नसकेको औल्याए । मन्त्री गहतराजले आफ्नो नीति तथा कार्यक्रममा स्थानिय खेलकुद र खेलाडीको विकास प्राथमिकतामा पर्ने बताए ।

स्थानिय तहका खेलाडीहरुको क्षमता विकास र भौतिक संरचना निमार्णमा पनि आफ्नो उत्तिकै ध्यान रहेको मन्त्री गहतराजले बताए । मन्त्री गहतराजले प्रतियोगीतामा प्रथम, दोस्रो र तेस्रो हुने टिमलाई नगद, प्रमाणपत्रसहित सम्मान गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार