खेलकुदको विकासका लागि संघहरु पनि जवाफदेही हुनुपर्छ – मन्त्री गहतराज

खेल अन्र्तराष्ट्रिय पहिचान दिने र निजि क्षेत्रको लगानी बढाउने क्षेत्र हो


काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले खेलकुदमा राज्यले अझै लगानी गर्नुपर्ने बताए छन् । नेपाल ओल्मपिक कमिटिद्धारा काठमाडौंमा आयोजित ‘१९औं एशियन गेम्सको सहभागिताको औचित्यबारे राष्ट्रिय संघहरुसंगको छलफल’ कार्यक्रममा मन्त्री गहतराजले खेलकुदमा राज्यको लगानी बढ्नु पर्ने बताएका हुन् ।

प्रयाप्त लगानीको अभावका कारण कतिपय खेलाडीहरुले आवश्यक तयारी गर्न नसक्दा नतिजा सन्तोषजनक हुन नसकेको बताए ।
मन्त्री गहतराजले खेलकुदले देशको अन्र्तराष्ट्रिय पहिचान दिने र निजि क्षेत्रको लगानी बढाउने भएकाले पनि यसको विकास र प्रर्वधनका लागि राज्यको लगानी प्रयाप्त हुनुपर्नेमा जोड दिए ।

उनले लोकतन्त्र, गणतन्त्रकाल यता खेलकुल क्षेत्रमा भएका गतिविधिको गहिरो छलफल र समिक्षा हुनुपर्ने समेत बताए । खेल जगतमा हिजोको विरासतलाई कसरी कायम राख्दै अझै अघि बढ्ने भन्नेबारे पनि मन्त्रालय र संघ, संस्थाहरुबीच गहन छलफल गरेर मार्गदिशा कोर्नु पर्ने बताए । ।

मन्त्रालयबाट खेल जगतको ब्यवस्थापकीय र खेलाडीको क्षमता विकासमा कुनै कसर बाँकी नरहने मनत्री गहतराजले प्रतिवद्धता पनि गरे ।
संघहरु शसक्तरुपमा अगाढी बढे खेलकुदले सफलता पाउने बताउँदै उनले त्यसका लागि संघहरु जवाफदेही हुनुपर्नेमा जोड समेत दिए ।
ओलम्पिक र एसियास्तरका खेलकुद प्रतियोगितामा झण्डा देखाउनु मात्रै सफलता नभई उत्कृष्ट नजिता ल्याउनेतर्फ सबैको ध्यान जानुपर्ने बताए ।
पछिल्लो समय नेपालको खेलकुदले फड्को मार्दै गएको बताउँदै मन्त्री गहतराजले त्यसको सशक्त उदाहरण साफ फुटवलमा नेपालले गरेको प्रदर्शनबाट धेरै आशा गर्न सकिने बताए । कार्यक्रममा नेपाल ओल्मपिक कमिटिद्धारा मन्त्री गहतराजलाई बधाई तथा शुभकामना पनि दिइएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार