मुख्यमन्त्री र मन्त्रीहरुलाई माधवको निर्देशनः ‘विवादास्पद काम गरेको सुन्नु नपरोस्’


काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीका तर्फबाट सरकारमा गएका मुख्यमन्त्री र मन्त्रीहरुलाई गलत काम नर्गन चेतावनी दिएका छन् ।

शनिबारबाट ललितपुरमा सुरु भएको पार्टीको दोस्रो पूर्ण केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नैतिकता र आचरणमा रहेर जनताको सेवामा समर्पित हुन मन्त्री र मुख्यमन्त्रीलाई निर्देशन दिएका हुन्।

अध्यक्ष नेपालले टोल र वडासम्म पार्टी संगठन विस्तार गर्न पनि नेताहरुलाई निर्देशन दिएका छन् ।

आगामी चैत महिनामा हुने स्थानीय तहको निर्वाचनमा पार्टीबाट सबै तहमा उम्मेदवारी दिने भएकाले त्यसको तयारी गर्न समेत नेता कार्यकर्ताहरूलाई अध्यक्ष नेपालले निर्देशन दिएका छन् ।

पार्टीका केन्द्रीय सदस्यहरुले लिए शपथ
बैठकमा पार्टीका केन्द्रीय सदस्यहरुले शपथ लिएका छन् । केन्द्रीय सदस्यहरुलाई अध्यक्ष नेपालले शपथ गराएका हुन् । एकीकृत समाजवादीले ३३५ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएपछि आज पहिलो बैठक बसेको हो ।

एमालेबाट विद्रोह गरी बनेको एकीकृत समाजवादी पार्टीले अहिले आफ्ना जनबर्गिय संगठनहरुको निर्माण र जनस्तरमा पार्टी गतिविधिलाई तिर्व पारिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार