नेपाल बन्दको प्रभाव देशैभरी, विभिन्न ठाउँबाट १६ जना बन्द कर्ता पक्राउ


काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले आज नेपाल बन्द गरेको छ । पछिल्लो समय सरकारले गरेको  मूल्यवृद्धिको विरोधमा बन्द गरिएको हो ।

बन्दका  कारण यात्रुहरुले सास्ती पाएका छन् । सार्वजनिक सवारी साधनहरू कमै मात्र चलेकाले काम विशेषले आज बिहानै गन्तव्यमा जान चाहनेहरुले सास्ती पाएका छन् ।

विशेष गरी लामो यात्रा गरेर बिहानै काठमाडौं उपत्यकामा भित्रिएका यात्रुहरू सार्वजनिक गाडी नपाउँदा अलपत्र परेका छन् । कलंकी, नयाँबसपार्क, कोटेश्वर, बल्खु, बालाजुलगायतका स्थानमा यात्रुहरू गाडी कुरिरहेका छन् ।

बन्दको प्रभाव देशैभरी परेको छ । विषेश गरी झापा, चितवन, धनगढी, बुटवल लगाएका सहरहरुमा पनि बन्दको प्रभाव परेको छ । प्रहरीले बन्द गराउदै  हिड्न हिड्ने १६ जनालाई विभिन्न ठाउँबाट प्रकाउ गरेको छ । काठमाडौंको महाराजगञ्जबाट तीन जना र साँखुबाट दुई जना गरी पाँच र झपाबाट ११ जना बन्दकर्ता पक्राउ परेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार