प्रदेश १ का मुख्यमन्त्री राईले आज विश्वासको मत लिंदै


विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज प्रदेशसभाबाट विश्वासको मत लिंदै छन् । गत कात्तिक १६ गते मुख्यमन्त्री बनेका राईले आज साढे १२ बजे बस्ने बैठकबाट विश्वासको मत लिंदैछन् ।

आज प्रदेशसभाको नवौं तथा हिउँदे अधिवेशनको पाँचौ बैठक बस्दैछ । सोमबार सत्तारुढ पाँच दलिय गठबन्धनको बैठक बसेको थियो । बैठकले आज मृख्यमन्त्रीले विश्वासको मत लिने निर्णय गरेको थियो । त्यस्तै बैठकले कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाको नेतृत्वमा उच्चस्तरीय राजनीतिक सम्यन्त्र बनाएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार