बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न


काठमाडौं । काठमाडौंको अल्बर्ट आइन्स्टाइन एकेडेमी विद्यालयमा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । काठमाडौँ महानगरपालिका वडा नं. २७ को आयोजना र काठमाडौँ मेडिकल कलेजको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो ।

शिविरको सहआयोजना नेपाल व्यायाम मन्दिर,अन्नपूर्ण मिसा पुचः,ज्याठा युवा तथा सामुदायिक विकास क्लवले गरेको थियो । शिविरमा वरिष्ठ डाक्टरहरुले जनरल मेडिसिन, हाडजोर्नी तथा नसा रोग, दन्त सेवा, आँखा परिक्षण तथा उपचार, प्रसुती तथा स्त्री रोग, छाला तथा यौन रोग, बाल रोग, नाक, कान तथा घाँटी, इसिजी सेवा, ल्याव परिक्षण र भिडियो एक्सरे लगायतका सेवाहरु दिइएका थिए ।

एकदिने शिविरमा शिक्षक, विद्यार्थी र २७ नम्बर वडाबासी गरी करिब एक हजार बढी सेवाग्राहीले निशुल्क स्वास्थ्य जाँच गराएको काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालका जेनेरल मेनेजर प्रसाद दाहालले बताए ।

त्यस्तै शिविरबाट काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालमा आउने बिरामीहरुलाई पचास प्रतिशत छुट पनि दिइएको थियो । साथै शिविरमा २७ वडाका अध्यक्ष चिनियामान बज्राचार्यको पनि सहभागिता रहेको थियो ।

उनले आफ्नो वडाका नागरिकलाई राहत महशुस हुनेगरी स्वास्थ्य शिविरबाट सेवा दिन पाएकोले खुसि भएको बताएका छन् । साथै उनले शिवर संचालनमा सहयोग गरेको भन्दै अल्बर्ट आइन्स्टाइन एकेडेमी र काठमाडौँ मेडिकल कलेजलाई धन्यवाद दिएका छन् ।

शिविर सफल रुपमा सम्पन्न भएकोले आगामी दिनमा पनि शिक्षा र स्वास्थ्य क्षेत्रमा राम्रोकामका लागि सधैँ विद्यालय परिवार तत्पर रहने विद्यालयकी प्रिन्सिपल मधुवाला सिंहले बताइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार