केन्द्रीय सदस्यबाट मीन विश्वकर्माले लिए उम्मेदवारी फिर्ता

काठमाडौं । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले केन्द्रीय सदस्यबाट उम्मेदवारी फिर्ता लिएका छन्। दलित तर्फको (खुल्ला पाँच) पदका लागि उम्मेदवारी दिएका उनले निर्वाचन समितिलाई पत्र लेख्दै उम्मेदवारी फिर्ता लिएका हुन् ।

दलिततर्फको खुला ५ पदमा २७ जनाको उम्मेदवारी परेको थियो । यसअघि सभापति शेरबहादुर देउवा प्यानलबाट सहमहामन्त्रीमा  दावी गर्दै आएका उनले चुनाव लड्नका लागि आफ्नो उम्मेदवारी समेत घोषणा गरेका थिए ।

तर देउवा समूहबाट टिकट दिइएपछि ब्याक हुँदै उनले शनिबार केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दर्ता गराएका थिए । उनले आफूलाई जानकारी नदिई केन्द्रीय सदस्यमा उम्मेदवारी परेको भन्दै आज उम्मेदवारी फिर्ता लिएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार