अनेरास्ववियूद्धारा अखिल एप्स सार्वजनिक

सदस्यता वितरण अभियान शुरु

काठमाडौँ। नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूले ‘अखिल एप्स तथा सदस्यता’ वितरण अभियान सुभारम्भ गरेको छ। अभियनाको एक भव्य कार्यक्रमका बीच पुर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सोमबार उद्घाटन गरेका हुन् ।

अध्यक्ष नेपालले थापाथली क्याम्पसमा आयोजित कार्यक्रममा अखिल एप्स पनि सार्वजनिक गरेका छन् । अनेरास्ववियूका कार्यवाहक अध्यक्ष ओसिम आलमको अध्यक्षतामा संचालन गरिएको कार्यक्रममा करिब ३ सय विद्यार्थी तथा नेता र कार्यकर्ताको सहभागिता रहेको थियो ।

एप्स सार्वजनिक गदै अध्यक्ष नेपालले अनेरास्ववियू प्रविधि मैत्री बन्न लागेको भन्दै खुशी व्यक्त गरेका छन् । साथै उनले अखिल एप्समार्फत संगठन सुदृढीकरणमा सहयोग पुग्ने विश्वास समेत गरे ।

कार्यक्रमका विशेष अतिथि पार्टी पोलिटब्यूरो सदस्य तथा विद्यार्थी फाँट इन्चार्ज रामकुमार भट्टराईले अनेरास्ववियूले गर्ने हरेक कार्यक्रम डिजिटलाइज्डू गरिनुपर्ने बताए । उनले जिम्मेवारी लिएको नेताले आफ्नो कार्यक्षेत्रमा काम गरे,नगरेको अखिल एप्समार्फत थाह पाउन सकिने हुनाले अनेरास्ववियूले अब गति लिने विश्वास व्यक्त गरेका छन् ।

कार्यक्रममा महासचिव आरती लामाले ‘अखिल एप्स तथा सदस्यता अभियान ‘ का बारेमा जानकारी दिएकी थिइन् । उनले अनेरास्ववियूका क्रियाशील सदस्यलाई सदस्यता प्राप्त गर्न सहज बनाउन, सदस्यहरुबारे सूचना लिन, संगठनका गतिविधि थाह पाउन, पार्टीको मुखपत्र ‘कलम’ मा प्रकाशित सामग्रीबारे बुझ्न र राष्ट्रिय गीत तथा अखिल गीत सुन्न समेत पाइने भएकोले यो एक ऐतिहासिक काम सुरु गरिएको बताइन् ।

कार्यक्रममा उपाध्यक्षहरु हिरेन्द्र शाही, केशरी रेग्मी र माधव पन्त तथा संगठनका उपमहासचिव, सचीव र आयोग अध्यक्षहरुको समेत उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार