‘पिर’ गीत प्रकास सपुतले मात्रै होइन, साम्राज्यवादी शक्तिले ल्याएका हुन्- महरा

बुटवल । नेकपा माओवादी केन्द्रका नेता कृष्ण बहादुर महराले पछिल्लो समय माओवादीमाथि विभिन्न षड्यन्त्र भइरहेको बताए ।
प्रकास सपुतको विवादित गीत पिरको प्रसंग कोट्याउँदै पूर्व सभामुख समेत रहेका महराले माओवादीहरुमाथि साम्राज्यवादी शक्तिहरु कमजोर पार्न लागिपरेको दावी गरे ।

आज रुपन्देहीको बुटवलमा आयोजित पार्टीको लुम्बिनी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै नेता महराले पिरु गित गायक सपुतले आफै नल्याएर म्राज्यवादी शक्तिले ल्याएको दावी समेत गरे ।

चुनावको मुखमा माओवादीलाई कमजोर बनाउन पिर नामक गीत ल्याइएको उनको भनाई छ ।

“चुनावको मुखमा आएर प्रकाश सपुतले जुन गित बजारमा ल्याएका छन्, त्यो गित उनले ल्याएका होइनन, माओवादीलाई कसरी कमजोर पार्न र सिध्याउन सकिन्छ भन्ने गुरुयोजनाका साथ साम्राज्यवादी शक्तिले ल्याएका हुन”, महराले भने ।

गायक सपुतको पिर गीतले जनयुद्ध र महिला लडाकुको घोर अपमान र बेइजत गरेको भन्दै अहिले बिषेशगरी माओवादी र केहि महिलाअधिकारकर्मीले विरोध जनाइरहेका छन् । पूव माओवादी महिला लडाकुहरु जिवन निर्वाहकै लागि देह ब्यापारमा लागेको दृष्य गीतमा समेटिएपछि त्यसको चर्को विरोध भइरहेको हो ।

भिडियो हेरौं

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार