मेयर बालेनको पदभार ग्रहणपछि पहिलो निर्णयः नगरसभाको बैठक लाइभ

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नगरसभाको बैठक लाइभ गर्ने निर्णय गरेका छन् । मेयर पदको सपथ लिएपछि पदभार ग्रहण गरेका साहले पहिलो निर्णयमा नगरसभाको बैठक लाइभ गर्ने बताएका हुन्।

आज बिहान राष्ट्रियसभा गृहमा मेयर पदको सपथ लिएका बालेनले केहिबेरअघि महानगरको कार्यकक्षमा पदभार ग्रहण गर्दै यस्तो निर्णय गरेका हुन् । नगरसभाको पहिलो बैठक सोमबार ४ बजे बोलाइएको छ । जसको बालेनले लाइभ (प्रत्यक्ष प्रशारण) गर्नेछन् ।

पलभार ग्रहण गर्दै मेयर बालेनले काठमाडौंको सबैभन्दा ठुलो समस्याका रुपमा रहेको फोहोर व्यवस्थापन नभएसम्म खादा–माला नलगाउने समेत बताएका छन् ।

‘काठमाडौंको फोहर संकलन गरेर थुपारिदै आएको सिसडोलबारे उनले भने, ‘हामीले गरेको पापको भोगी उहाँहरु हुनु भएको छ, हाम्रो फोहोरले गर्दा सिसडोलवासी क्यान्सर पीडित हुनु भएको छ, छालाको रोग भएको छ । त्यत्रो मान्छे मरिरहनु भएको छ । यो शोक मनाउने बेला हो । यसको व्यवस्थापन नगरेसम्म खुशियाली मनाउने छैनौं ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार