कुलमान घिसिङले भनेः यो वर्ष भारतमा १६ अर्बको विजुली बेच्छौं


काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो वर्ष भारतमा १६ अर्ब रुपैयाँको विजुली बिक्री गर्ने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आज काठमाडौंमा आयोजना गरेको विद्युत व्यापारमा पहुँचसम्बन्धी कार्यक्रममा बोल्दै निर्देशक घिसिङले आगामी वर्ष भारतलाई १६ अर्ब रुपैयाँको विजुली बिक्री गर्ने बताएका हुन् । उनले गत वर्ष ५ अर्बको विजुली बिक्री गरेको समेत जानकारी दिए ।

उनले विद्युत प्राधिकरणले बल्ल आम्दानी गर्न थालेको भन्दै निजी क्षेत्रलाई विद्युत व्यापारमा संलग्न गराउन नसकिने बताए ।

उद्योगहरुले मागेजति विद्युत दिन प्राधिकरण तयार रहेपनि उद्योगका विद्युतमा सामान्य समस्या आउँदा त्यसलाई ठूलो मुद्दा बनाउने काम भइरहेको भन्दै उनले असन्तुष्टि ब्यक्त गरे ।

विद्युतीय सवारी साधन प्रयोगमा जोड दिदैं घिसिङले विदुधुतिय सवारी चलाउँदा एक किलोमिटरमा एक रुपैयाँ पनि खर्च नहुने तर पेट्रोल डिजेलमा २० रुपैयाँ खर्च हुने बताए । डिजेल, पेट्रोलबाट चल्ने सवारी साधन भन्दा विद्धुतीय सवारी साधन धेरै किफायती हुने उनको भनाई छ । लोड सेडिङको समस्या हटेपछि पछिल्लो समय शहर बजारहरुमा विद्धुतीय सवारी साधन प्रयोगकर्ता बढिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार