काठमाडौंमै बन्दकर्ताद्धारा सार्वजनिक गाडीमा तोडफोड


काठमाडौं । बन्दकर्ताहरुले काठमाडौंमै सार्वजनिक गाडीमा तोडफोड गरेका छन् ।
काठमाडौंको कोटेश्वरस्थित सडकमा रहेको दुईवटा सार्वजनिक गाडीमा बन्दकर्ताहरुले आज बिहान तोडफोड गरेका हुन् ।

कोटेश्वरको आकाशे पुल नजिक बा‍. ४ ख. ९३९४ नम्बरको बसमा तोडफोड भएके प्रहरीले जनाएको छ। तोडफोडबाट गाडीमा क्षती पुगेको छ । त्यस्तै बन्दकर्ताले भाटभटेनी अगाडी बा. ३ ख. ७९०६ नम्बरको हाइसको अगाडीको सिसा फुटाईदिएका छन्।

गाडीमा तोडफोड गर्ने विप्लवका एकजना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीकाअनुसार पठाओ चढेर आएका ति बन्दकर्ताले बसमा तोडफोड गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार