बालेनले भटाभट संरचना भत्काउन थालेपछि उद्योग वाणिज्य संघले बोलायो बैठक

काठमाडौं । मेयर बालेन्द्र शाहको नेतृत्वमा काठमाडौं महानगरपालिकाले नगरभित्र रहेका अवैध संरचना धमाधम भत्काउन थालेपछि काठमाडौं उद्योग वाणिज्य संघले आपतकालिन बैठक डाकेको छ। संरचना भत्काइरहेको बिषयमा छलफल गर्न संघका पदाधिकारीहरूलाई डाकिएको संघका अध्यक्ष दिनेश श्रेष्ठले बताए ।

महानगरको कामलाई सहि र गलत भन्दा पनि घरबेटी र महानगरको द्वन्द्वमा साना व्यवसायीहरूलाई मर्का परेको उनले बताए ।
महानगरको कार्यले भाडावाल साना व्यवसायीहरुको बिचल्ली भएकाले त्यसबारे आवश्यक छलफल गर्नका लागि बैठक बोलाइएको जानकारी दिए।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष समेत रहेका श्रेष्ठले कानूनीरूपमा पार्किङका लागि भनेर बनाइएका संरचनामा व्यापार गर्न पाउने–नपाउने व्यवस्था स्पष्ट नभएको उनको भनाई छ। मेयर बालेनले शक्तीको दुरुपयोग गरेको समेत उनको आरोप छ ।

आज बिहान मेयर बालेन नेतृत्वको टोलीले अवैध संरचना हटाउने क्रममा नयांबानेश्वरमा रहेको अल्फाबेटा कम्पलेक्स अगाडी सटर निकालेर ब्यापार गरिएको बिषयमा विवाद उत्पन्न भएको थियो । कम्पलेक्स प्रतिनिधि र मेयर बालेनबीच उक्त संरचना बनाउँदा नक्सामा भएको विवरण देखाउने बिषयमा विवाद भएको थियो । पार्किङ गर्ने ठाउँ समेत नराखेर कम्पलेक्स अगाडी सटर बनाई ब्यापारा गर्दा पार्किङ मानिस हिड्ने सडकपेटी हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार