अवैधरुपमा बनाइएका गगनचुम्बी भवनहरु बमले ध्वस्त पारियो

काठमाडौं । भारतमा अवैध रुपले बनाइएको दुई अग्ला गगनचुम्बी भवनहरु ढालिएका छन् । भारतको नोयडामा कानुन विपरीत निर्माण गरिएका दुईवटा गगनचुम्बी भवनहरुलाई बम हानेर भत्काइएको हो ।

सुपरटेक बिल्डरले निर्माण गरेका यी अग्ला भवनहरु टावर एपेक्स र केयन नामबाट चिनिएका थिए । टावर भत्काउन ३ हजार ७ सय किलो विस्फोटक पदार्थ प्रयोग गरिएको थियो । भवन भत्केपछि धुलो उड्ने भएकाले आसपासका ठाउँ खालि गरिएको थियो ।

सुपरटेकले भवन आचारसंहिताको गम्भीर उल्लंघन गरेको भन्दै भारतको सर्वोच्च अदालतले ति टावरहरु भत्काउन आदेश दिएको थियो । भवन भत्काउन र भत्काएपछिको सफाइमा लाग्ने सबै खर्च कम्पनीले नै व्यहोर्नुपर्ने अदालतको आदेशमा भनिएको छ ।

भारतमा यसरी भत्काइएको यो नै पहिलो भवन भएको बताइएको छ । ३० तला रहेको यस भवनको उचाई ३२० फिट भन्दा माथि रहेको थियो ।

अहिले उक्त भवन भत्काइएको क्षेत्रमा उक्त पर्यावरण संरक्षणका लागि प्रभावित क्षेत्रका सडक, फुटपाथ, बोट बिरुवा सफाईका लागि वाटर टैंकर्स, मैकेनिकल स्वीपिंग मशीन र सफाई कर्मचरीहरु खटिसकिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार