धर्मगुरुले राजनीति परित्याग गर्दा इराकमा हिंसात्मक प्रर्दशनमा २० भन्दा बढिको मृत्यु


काठमाडौं । इराकका धर्मगुरु मुक्तदा अल–सद्रले राजनीति परित्याग गर्ने घोषणा गरेसँगै हिंसात्मक प्रदर्शन हुँदा २० भन्दा प्रदर्शनकारीको मृत्यृ भएको छ ।

अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएअनुसार शिया धर्मगुरु मुक्तदा अल–सद्रले हिंसा र हतियारको प्रयोग बन्द नभएसम्म अनशन बस्ने घोषणा गरेका छन् ।

प्रदर्शन रोक्न सेनाले लगाएको कर्फ्यू तोड्दै धर्मगुरु अल–सद्रका समर्थकहरू सडकमा उत्रिएका छन्। सो क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच हिंसात्मक झडपमा प्रहरीले गोली चलाउँदा २० भन्दा बढि प्रदर्शनकारीको मृत्यु भएको छ भने ३०० भन्दा बढी घाइते भएका छन्। प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेका छन् । अवस्था साम्य पार्न सेनाले कफर्यु लगाएको छ ।

प्रदर्शनकारीहरुले राष्ट्रपति भवन कब्जा गरेर त्यसभित्रको स्विमिङ पुल, बैठक हल लगायत पूरै दरबारमा रमाइरहेको तस्बिरहरु सार्वजनिक भइरहेका छन्। इराकमा अल–सद्रका समर्थकहरू र उनीहरूको राजनीतिक प्रतिद्वन्द्वी इरान समर्थित शिया समूहबीच लामो समयदेखि द्वन्द्व चलिरहेको छ।

यसैबीच, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इराकमा जारी प्रदर्शनप्रति चिन्ता व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार