कमेडियन अपूर्व क्षितिज सिंह वीर अस्पताल भर्ना

काठमाडौं । कमेडी गर्दा प्रहरी थुनामा पुगेका कमेडियन अपूर्व क्षितिज सिंह अस्वस्थ भएपछि वीर अस्पताल भर्ना भएका छन् । नेवाः समुदायको भावनामा आँच पुर्‍याएको भन्दे उनिविरुद्ध उजुरी दर्ता भएपछि प्रहरीले उनलाई पक्राउ गरि थुनामा राखेको थियो ।

जिल्ला प्रहरी परिसर टेकुको हिरासतमा राखिएका अपूर्वलाई उपचारका लागि प्रहरीले अस्पताल भर्ना गराएको जनाएको छ । उनको स्वास्थ्य रिर्पोट आइनसकेको प्रहरीको भनाई छ । दशदिन हिरासतमा बसिसकेका उनलाई आज प्रहरीले अनुसंन्धान नसकिएको भन्दै जिल्ला अदालत काठमाडौंबाट थप पाँच दिन हिरासतमा राख्न अनुमति लिएको छ । अपूर्वलाई प्रहरीले १२ भदौमा पक्राउ गरेर थुनामा राखेको थियो ।

कलाकार अपूर्वले कमेडी क्याफे नामक युट्युब च्यानलबाट ‘नेवारको परम्परा’ शिर्षकमा कमेडी गर्दै भिडियो अपलोड गरेका थिए । जसमा नेवाः समुदायका अभियन्ताहरुले आपत्ति जनाउँदै उजुरी गरेका थिए । नेवार समुदायबाट विरोध भएपछि उनले उक्त भिडियो युट्युबबाट हटाउँदै माफी पनि मागेका थिए । कलाकार अपूर्वलाई कमेडी गरेकै कारण जेल हाल्नु उचित नभएको भन्दै सामाजिकसंजालमार्फत विरोध समेत हुँदै आएको छ ।

आफुबाट गल्ती भएको भन्दै माफी माग्दा समेत थुनामा राख्न लगाएको भन्दे उजुरीकर्ताहरुको आलोचना भइरहेको छ । कलाकार अपूर्वले माफी माग्दा समेत थुनामा राखेको भन्दै प्रतिनिधिसभामा समेत आवाज उठेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार