काठमाडौं । अनलाइन ट्यालेन्ट शोको दोस्रो संस्करण “अनलाइन ट्यालेन्ट शो २०२३” घोषणा भएको छ। काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी शोको घोषणा गरिएको हो । विश्वभरका ट्यालेन्टहरुलाई भर्चुअल माध्यमबाट छनौट गरि विजेता घोषणा गर्ने उदेश्यले आयोजना हुँदै आएको अनलाइन ट्यालेन्ट शोलाई हिमालयन म्युजिक एकेडेमी अमेरिकाले प्रस्तुत गर्दै आएको छ।
कार्यक्रममा गायन, वाद्यवादन, नृत्य तथा कमेडी विधामा प्रतिस्पर्धा हुने आयोजक हिमालयन म्युजिक एकेडेमी अमेरिकाका अध्यक्ष पुष्प गजमेरले जनाकारी दिए ।
उनले आफूहरु विदेशमा भएपनि नेपाली भाषा, संगीत, साहित्य र नेपालप्रति समर्पित रहेर शो आयोजना गर्न लगेको बताए ।
नेपालको राष्ट्रिय टेलिभिजनबाट कार्यक्रम प्रसारण हुने बताइएको छ । कार्यक्रममा सहभागी उत्कृष्ट पाँच सहभागिहरु अमेरिका जान पाउने अध्यक्ष गजमेरले बताए।
अध्यक्ष गजमेरकाअनुसार विजेताले नगद र आफ्नो दक्षता भएको विधामा उच्च शिक्षाको लागि छात्रवृत्ति र अन्य गिफ्ट ह्याम्पर पुरस्कारको रुपमा प्राप्त गर्नेछन् ।
अभिनेता कृष्ण मल्ल र भुटानिज आर्टिष्ट म्युजिक एसोसिएसनका अध्यक्ष खेम रिजाल लगायतको उपस्थिती रहेको कार्यक्रम एसोसिएसन अमेरिका र डुक इन्टरनेसनल सितारिओ कराँते अफ अमेरिकाको सहकार्यमा हुने प्रतिस्पर्धाको अडिसन २०२३ को जुन १ मा सुरु हुनेछ । कार्यक्रमको संचालक दिनेश डिसी रहनेछन् ।