चितवनको क्रिकेट रंगशालाको समस्या छिट्टै समाधान हुन्छः प्रधानमन्त्री प्रचण्ड


चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनको भरतपुर महानगरपालिकामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको समस्या चाँडै समाधान हुने बताएका छन् । भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन शिलान्यास समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले अबको एक दुई हप्ता मै अहिले देखिएको समस्या समाधान हुने बताएका हुन् ।

उनले अहिले देखिएको समस्या समाधान गरेर रंगशाला निर्माणको कार्य अगाडि बढ्ने बताएका छन् । झण्डै डेढ वर्षदेखि रकम अभावमा रंगशालाको काम अगाडि बढ्न सकेको छैन् ।

धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण थालेको रंगशालाको उधारो र ऋण गरेर करिब १८ करोड रुपैयाँ तिर्न बाँकी छ । रंगशाला निर्माणको स्वामित्व र दायित्व महानगरपालिकालाई लिन फाउन्डेसनले पत्राचार गरे पनि थप प्रक्रिया अघि बढेको छैन ।

केही दिन अघि मात्रै आर्थिक अनियमितताको कुरा पनि बाहिर आएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार