दार्चुला । दार्चुलामा तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएका सिङ्दलसिंह भण्डारीको शव भेटिएको छ । आज दिउँसो बेपत्ता भएका ४५ वर्षीय भण्डारीको शव महाकाली नदी पारी भारततर्फ फेला परेको प्रहरीले जनाएको छ ।
महाकाली पारी भारततर्फ रहेकी आमा जसोदालाई लिन सिङ्दलसिंह तुइन चढेर भारततर्फ जाँदै गर्दा खसेर महाकाली नदीमा बेपत्ता भएका थिए । मृतक भण्डारीका दुई छोरा र एक छोरी छन् ।