कलाकार सारुक ताम्रकारको मोवाइलमा भेटियो सुसाइड नोट


काठमाडौं । काठमाडौंको रातोपुलस्थित आफ्नै घरमा आत्महत्या गरेका कलाकार सारूक ताम्राकारको फोनमा सुसाइड नोट भेटिएको छ। असार २१ गते मृत फेला परेका ताम्राकारको फोनमा सुसाइड नोट भेटिए प्रहरीले जनाएको छ ।

प्रहरीले अनुसन्धानको लागि उनको फोन प्रहरी प्रधान कार्यालय नक्सालको डिजिटल फरेन्सिक ल्याबमा पठाएको थियो। त्यहाँबाट पठाएको उक्त रिपोर्टबाट सुसाइड नोट भएको खुलेको हो।

सुसाइड नोटमा उनले आफ्नै गल्तीका कारण आत्महत्या गरेको र कसैलाई पनि दोषी नबनाउन उल्लेख गरेको प्रहरीले बताएको छ। उनले नोटमा इट्स अल माइ फल्ट। कसैलाई दोषी नबनाउनु भनिएको छ । त्यस्तै उनले लेट मी रेस्ट इन पिस भनेर लेखेका छन् ।

सारुक कलाकार सानु ताम्राकारका छोरा हुन्। सारुकले ‘इन्टु मिन्टु लण्डनमाु, ुमेरी मामुु, ुरानी’ लगायतका फिल्ममा अभिनय गरेका छन्।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार