प्रधानमन्त्री प्रचण्डले विपिनका परिवार भेटेर भनेः रिहाइका लागि अधिकतम पहल जारी

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले प्यालेस्टाइन विद्रोही समुह हमासको नियन्त्रणमा रहेका कंचनपुरका विधार्थी विपिन जोशीको परिवारलाई भेटेका छन् । आज बिहान कैलालीको धनगढी विमानस्थलमा प्रधानमन्त्री प्रचण्डले जोशीका बुवा आमा लगायत परिवारलाई भेटेका हुन । धनगढीमा आजबाट सुरु भएको सुदूरपश्चिम महोत्सवको उदघाटन गर्न कैलाली पुगेका प्रचण्डलाई परिवारजनले भेटेर छोरा विपिनको छिटो रिहाइका लागि आग्रह गरेका थिए । … Continue reading प्रधानमन्त्री प्रचण्डले विपिनका परिवार भेटेर भनेः रिहाइका लागि अधिकतम पहल जारी