तत्कालीन राजा ज्ञानेन्द्रले नै गणतन्त्रको माहोल बनाएको माघ १९


काठमाडौँ । आज माघ १९, तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नो हातमा लिएर ‘राजनैतिक कु’ गरेको दिन हो।
ज्ञानेन्द्रले २०६१ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई पदबाट हटाएर प्रत्यक्ष शासन सत्ता आफ्नै हातमा लिएका ‘राजनैतिक कु’ गरेको दिनमा माघ १९ लाई लिने गरिन्छ । ज्ञानेन्द्रले गरेको उक्त घटनालाई प्रजातन्त्र, लोकतन्त्रमाथिकै ‘कु’ भएको दिनका रूपमा समेत सम्झने गरिन्छ ।

ज्ञानेन्द्रको उक्त कदमले नै राजतन्त्रको दिनगन्ती सुरु भएको थियो । प्रधानमन्त्रीबाट देउवालाई हटाएर निरंकुश सत्ता लाद्न खोजेपछि काँग्रस, एमालेसहितका तत्कालीन ७ दल र बिद्रोही नेकपा माओवादीलाई संयुक्त रुपमा राजतन्त्रविरुद्ध लड्न एकजुट समेत गरिदिएको थियो । त्यसपछि माओवादी सहित सात दलको सहमतीमा दिल्लीमा भएको १२ बुँदे सहमतिपछि राजतन्त्रविरुद्ध २०६२–६३ को बृहत जनआन्दोलन भएको थियो । जसको परिणाम स्वरुप संविधान सभामार्फत देशमा राजतन्त्र अन्त्य भई लोकतान्त्रिक गणतन्त्र स्थापना भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार