प्रहरी सरुवाबारे गृहमन्त्री भन्छन्ः कसैलाई जोगाउन प्रहरी संगठन प्रयोग हुँदैन्


काठमाडौं । गृहमन्त्री रमेश लेखकले कसैलाई जोगाउनका लागि प्रहरी संगठन दुरुपयोग हुन नदिने प्रतिबद्धता ब्यक्त गरेका छन् । प्रतिनिधिसभाको आज बसेको सुशासन समितिको बैठकमा केही सांसदले भ्रष्टाचारकाण्डको अनुसंन्धानमा रहेका प्रहरी अधिकृतको सरुवाबारे प्रश्न गरेपछि गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसंन्धान र बेचन झा पक्राउमा खटिएका डीआईजी मनोज केसी लगायतलाई सुरुवा गरेपछि गृहमन्त्रिमाथि धेरैले प्रश्न उठाएका छन् ।

आफुमाथि उठेका प्रश्नहरुको जवाफ दिदैं गृहमन्त्री लेखकले प्रहरीको सरुवालाई सरुवाकै रुपमा बुझ्न सांसदहरुलाई आग्रह गरेका छन् ।
उनले प्रहरी प्रशासन कसैलाई जोगाउन वा नजोगाउन दुरुपयोग हुन नदिने समेत प्रतिबद्धता व्यक्त गरेका छन्।

गृहमन्त्री लेखकले नेपाल प्रहरी ऐन, २०१२ लाई नयाँ विधेयकको रूपमा छिट्टै संसद‍्मा पेस गर्ने समेत बताएका छन् ।

प्रहरीको संगठनलाई सुदृढ गर्न, मुलुकमा न्याय व्यवस्था, विधिको शासन कायम गर्न नेपाल प्रहरीको नयाँ कानुन निर्माण गर्ने तयारीमा सरकार रहेको स्पष्ट पारेका छन् । गृहमन्त्री लेखकले २०५८ सालमा सशस्त्र प्रहरीबारे कानुन बनेपनि अब त्यस समयअनुकुल परिमार्जन गरिने बताए । सशस्त्र प्रहरीलाई समसामयिक रूपमा परिर्बतन गर्दै यसलाई बोर्डरमा नै परिचालन गर्ने गरी कानुन बनाउतर्फ सरकारको ध्यान जाने समेत बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार