चितवन क्याम्पसमा स्वतन्त्र जितेका स्ववियु सभापति नै अखिल क्रान्तिकारी प्रवेश


चितवन । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सम्पन्न निर्वाचनमा चितवनको चितवन इन्जिनियरिङ क्याम्पसमा स्वतन्त्र रूपमा सभापति पदमा निर्वाचित प्रज्वल अधिकारी माओवादी निकटको अखिल (क्रान्तिकारी) प्रवेश गरेका छन्।

सभापति अधिकारीलाई आज माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गर्दै बधाई र शुभकामना दिएका छन् ।

यहि चैत ५ गते सम्पन्न मतदानमा अधिकारी स्वतन्त्र उम्मेदवार बनेर चितवन इन्जिनियरिङ क्याम्पसको स्ववियु सभपाति निर्वाचित बनेका भएका थिए ।

क्रान्तिकारी प्रवेशपछि अधिकारीले आफूलाई जिताउने सबैलाई धन्यवाद दिँदै संयुक्त प्यानलको प्रतिबद्धता पत्रअनुसारनै आफूले विद्यार्थीको हक र हितको लागि काम गर्ने बताएका छन्।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार