मोदीका विशेष दूत भाजपा विदेश विभाग प्रमुखले भनेः नेपालको राजावादी मुभमेन्टमा भारतको कुनै समर्थन छैन्


काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वास पात्रका रुपमा चिनिने भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेले नेपालमा भइरहेको राजावादी मुभमेन्टमा भारतको कुनै समर्थन नरहेको बताएका छन् ।

नेपाल भ्रमणमा रहेका नेता चौथाइवालेले आज माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तसँग भेटवार्तामा यस्तो बताएका हुन् ।
नेपालमा राजतन्त्र फर्काउने गतिविधिमा भारतको कुनै समर्थन नरहेको र नेपालको वर्तमान संविधान र व्यवस्थाको पक्षमा रहेको चौथाइवालेले स्पष्ट पारेको उपमहासचिव पुनले बताए।

भारतीय नेता चौथाइवालेसंगको भेटवार्ता सौहार्दपूर्ण रहेको र भाजपा र माओवादी केन्द्रबीच सम्बन्ध अझ सुदृढ बनाउनुपर्ने बिषयमा छलफल भएको उपमहासचिव पुनले बताए।

भारतीय नेता चौथाइवालेले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरु लगायतसंग भेटवार्ता गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार