काठमाडौं । पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको मुद्धा आज पाँचौं पटक हेर्न नमिल्नेमा राखिएको छ ।
सर्वोच्च अदालतमा आजका लागि पेसी तोकिएको लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाई हुन नसकेपछि मुद्ध हेर्न नमिल्ने राखिएको हो ।
सर्वोच्च प्रशासनकाअनुसार आज पनि मुद्धा हेर्ने इजलासका न्यायाधिशहरु लामिछाने र प्रधानन्यायाधिश नजिकका भएपछि आजको लागि सुनुवाइ स्थगित गरेको हो ।
आज प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो ।
तर, लामिछानेको तर्फबाट वकालत गर्ने अधिवक्ता प्रधानन्यायाधीश राउतका नजिकका आफन्त पर्ने र पूर्वडीआईजी छविलाल जोशीका तर्फबाट वकालतनामा दिने अधिवक्ता न्यायाधीश पाण्डेयका आफन्त पर्ने देखिएकाले इजलासले मुद्दा हेर्न नमिल्ने राखेको सर्वोच्च प्रशासनले जनाएको छ । लामिछाने र जोशीको मुद्धालाई संगै राखेर सुनुवाई गर्ने भनिएको थियो ।
न्यायिक निष्पक्षताका लागि नै यस्तो गरिदै आएको सर्वोच्चको भनाई छ ।
लामिछानेको मुद्धा यसअद्धि चार पटक हेर्न नमिल्नेमा परिसकेको छ ।
यो अदालतको सामान्य प्रकृया भएपनि लामिछाने सर्मथक, रास्वपा कार्यकर्ताहरुले पटक पटक मुद्धा हेर्न नमिल्नेमा राखिनुलाई विभिन्न कोणबाट टकिा टिप्पणी गर्दै आएका छन् ।
यससंग सम्बन्धित भिडियो पनि हेरौं