सरकारको राजावादीलाई चेतावनीः सधैं संविधान विरोधी क्रियाकलापलाई टुलुटुलु हेरेर बस्दैनौं

काठमाडौं । सरकारले संविधानविरोधी गतिविधिहरुलाई टुलुटुलु हेरेर बस्न नसक्ने भन्दै राजावादीहरुलाई चेतावनी दिएका छ । मन्त्रिपरिषद्ले गरेका निर्णयहरु आज सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले यस्तो चेतावनी दिएका हुन् ।

आगामी जेठ १५ गते राजावादीहरूलाई प्रदर्शनका लागि दिइएको छुटलाई कमजोरी नठान्न र सधैं संविधानविरोधी क्रियाकलापलाई सरकारले टुलुटुलु हेरेर नबस्ने समेत बताएको छ ।

राजावादीहरूको गतिविधिबाट नडराएको भन्दै मन्त्री गुरुङले सरकारले शान्तिपुर्ण ढंगले विरोध गर्न पाउने अधिकारलाई छुट दिएकाले त्यसलाई कमजोरी नठान्न पनि उनले आग्रह गरे ।

मन्त्री गुरुङले आन्दोलन र विरोधका नाममा सधैं संविधान विरोधी गतिविधि सरकारलाई सैह्य नहुने स्पष्ट पारे ।

राप्रपा लगायत राजावादी समुहहरुले जेठ १५ गते गणतन्त्र ढाल्ने भन्दै काठमाडौंमा शक्ति प्रर्दशन गर्दैछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार