काठमाडौं । विषादी परीक्षण बारे मन्त्रिपरिषद्ले गरेको पछिल्लो निर्णय कार्यान्वय नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । नेपाल आयात हुने तरकारी तथा फलफूलमा विषाादी परीक्षण बारे मन्त्रिपरिषद्ले असार १८ गतेको गरेको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।
न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले उक्त आदेश दिएको हो ।
असार २ मा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने गरी ‘निकासी पैठारीसम्बन्धी आदेश’ राजपत्रमा प्रकाशित गरेको थियो ।
तर ठमाडौंस्थित भारतीय दूतावासले त्यसको विरोध गर्दै मन्त्रालयमा पत्रसमेत पठायो । भारतीय दूतावासको पत्रपछि असार १८ को मन्त्रिपरिषद्को बैठकले सरकारले तयारी नपुगेको भन्दै विषादी परीक्षण गर्ने निर्णय फिर्ता लिएको थियो ।
त्यसै विषयमा सर्वोच्चमा परेको रीटको छलफल पछि सर्वोच्चले कार्यान्वयन नगर्न आदेश दिएको हो ।