मुख मैथुन केहो ? योनी रस मुखमा जाँदा के हुन्छ?

एकजनाको प्रश्न :  मेरो उमेर २५ वर्ष भयो । म आफ्नी श्रीमतीसँग यौनसम्पर्कका साथसाथै मुख मैथुन पनि गर्छु । योनिबाट आएको पानीले कुनै रोग लाग्छ कि लाग्दैन ? 

डा. राजेन्द्र भद्राको जवाफ : तपाईंहरूबीच खुलेर यौनसम्पर्क हुने बुझिन्छ र आशा गर्छु, तपाईंहरूले सुखी यौनजीवन बिताइरहनुभएको छ ।

मुख मैथुन के हो ? 

एक व्यक्तिको यौन अङ्ग अर्को व्यक्तिको मुखको सम्पर्कमा ल्याई गरिने यौन क्रियाकलापलाई नै मुख मैथुन अर्थात Oral Sex भनिन्छ । कतिपयले यसलाई पनि एक किसिमको यौनसम्पर्क नै मान्छन् । त्यस अर्थमा तपाईंले योनि–लिङ्ग मैथुनका साथै मुख मैथुन पनि गर्नुभएको बुझिन्छ ।

योनिरस कसरी आउँछ ?

हामी सबैलाई थाहा भएकै कुरा हो कि यौन उत्तेजना भए पनि महिलाको योनिबाट रस आउँछ, जसलाई हामी योनि रस भन्छौं जसको काम यौनसम्पर्कलाई सहज बनाउने हो ।

योनिरस कसरी आउँछ त ? योनि एक नली आकारको एकदमै तन्कन सक्ने तन्तुले बनेको अङ्ग हो । यसको भित्री तह श्लेष्म युक्त हुन्छ । त्यसैले स्वभाविक अवस्थामा पनि यो एक किसिमले भिजेको अवस्थामै हुन्छ । यसरी भिजेको अवस्थामा हुने भए पनि सामान्यत: थाहा हुने गरेर योनिमा भएको रस बाहिर आउँदैन । यौन उत्तेजनाका बेलामा भने अत्यधिक रस आउँछ र बाहिरसम्म पनि आउँछ ।

योनि रस चाट्दा हानि गर्छ कि ?

मुख मैथुनजस्ता यौन क्रियाकलाप स्वस्थकर हो–होइन वा पछि कुनै हानि गर्छ कि भन्ने शंका धेरैमा पाइन्छ । योनि–मैथुनमा भने त्यस्तो चिन्ता पाइँदैन । वास्तविकता के हो भने सामान्य रूपमा दुई स्वस्थ व्यक्ति अर्थात् यौनरोग नभएका व्यक्तिहरूका बीचमा मात्र यौनसम्पर्क हुँदा यौनरोग लाग्ने कुरा हुँदैन । त्यसैले यसलाई अस्वस्थकर भन्ने कुरै आएन ।

यस अर्थमा स्वस्थ व्यक्तिहरूका माझ हुने मुख मैथुन सुरक्षित छ । यसले स्वास्थ्यमा कुनै किसिमको हानि गर्दैन । स्वस्थ व्यक्तिको वीर्य होस् वा योनिरसमा कुनै हानी वा खराबी गर्ने कुरा हुँदैन । त्यसैले यस्तो वीर्य वा योनि रस मुखमा पर्दा वा निलिँदा कुनै हानि पुग्दैन ।

-साभार साप्ताहिक 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार